खेलकुद

एभरेष्ट महिला भलिबल लिग आजबाट सुरु हुँदै

- केएफएम डेस्ककाठमाडौं

इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको महिला भलिबल लिग आजबाट सुरु हुँदैछ ।

उद्धघाटन खेलमा काठमाडौं स्पाईकर्स र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने यी दुई टोलीबीचको खेल अपराह्न पौने ४ बजे सुरु हुनेछ । 

यस्तै, आजै हुने अन्य खेलमा मधेश युनाइटेड र कर्णाली यशविस तथा चितवन शक्ति र गण्डकी थण्डर्सबीच पनि प्रतिस्पर्धा हुनेछ । ६ टोली सहभागी लिग सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । 

शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । लिगको फाइनल खेल असोज १९ गते हुनेछ ।