खेलकुद

रोकिएको एन्फा महिला लिगमा आजबाट सुरु हुँदै

- केएफएम डेस्ककाठमाडौं

अविरल वर्षासंगै गतसाता आएको वाढी पहिरोले मानवीय क्षति पु¥याएपछि स्थगित बनेको एन्फा महिला लिग फुटबलका बाँकी खेलहरु आजबाट सुरु हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे संकटा क्लब र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ ।

महिला लिगमा विभागीय टोली पुलिस ८ खेलबाट १८ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । समान ८ खेलबाट ८ अंकका साथ संकटा भने तालिकाको सातौं स्थानमा छ ।

बाढी पहिरोमा परि मकवानपुर इन्द्रसरोवर गाउँपालिकास्थित एन्फाको आवसीय प्रशिक्षण केन्द्रमा रहेकामध्ये ६ जना खेलाडीको असामयिक निधन भएपछि महिला लिगका सम्पुर्ण खेलहरु स्थागित भएका थिए ।

असोज १६ गतेबाट खेलहरु सुरु गर्ने जनाइपनि सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेपछि एन्फाले आजबाट खेलहरु नियमित गर्न लागेको हो ।