खेलकुद

एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई

- केएफएम डेस्ककाठमाडौं

काठमाडौंमा आयोजित वात्सल्य एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्विजले जितेको छ । कर्णालीले प्रतियोगितामा अपराजित रहँदै उपाधि हात पारेको हो ।

उपाधिकाका लागि भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–२ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–१७ र दोस्रो सेट २५–२० ले लगातार जितेको खेलमा कार्णालीले तेस्रो र चौथो सेटमा भने हार व्यहोरेको थियो ।

सो क्रममा कर्णाली ललितपुरसँग तेस्रो सेटमा २५–१२ तथा चौथो सेटमा २५–१८ले पराजित भएको थियो । दुई टोलीबीच २–२ सेटको बराबरी भएपछि पाँचौ तथा निर्णायक सेटको खेलमा कर्णालीले १५–१३ ले जितेसँगै उपाधि हात पारेको हो ।