खेलकुद

काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

- केएफएम डेस्ककाठमाडौं

नेपालले काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो ।

नेपालले माल्दिभ्समाथि २५–५, २५–१२ र २५–२० को जित सेटमा जित निकाल्यो । जितसँगै नेपालले ६ अंक जोडेको छ ।

यसअघि श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको नेपालले उज्बेकिस्तानसँग भने ३–१ सेटमा हार व्यहोरेको थियो ।

नेपालले अब चौंथो खेल पर्सि बिहिबार कीर्गिस्तान र अन्तिम खेलमा शुक्रबार तुर्कमिस्तानसँग खेल्नेछ । 

प्रतियोगिताको शीर्ष दुई टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ ।