खेलकुद

यूइएफए नेसन्स लिगमा पोल्यान्ड पराजित

- रेडियो कान्तिपुर संवाददाता

क्रिस्टियानो रोनाल्डोले गरेको १ सय ३३ औं अन्तर्राष्ट्रिय गोलको मद्दतमा पोर्चुगलले यूइएफए नेसन्स लिग फुटबलमा पोल्यान्डलाई पराजित गरेको छ । 

नेशनल स्टेडियममा गएराति भएको लिग ‘ए’को ग्रुप वानको खेलमा पोर्चुगलले घरेलु टोली पोल्यान्डलाई ३–१ ले पराजित गरेको हो । 

खेलको २६ औं मिनेटमा बर्नार्डो सिल्भा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । 

युरो कप २०२४ मा कुनै गोल गर्न नसकेपछि आलोचनाको शिकार भएका रोनाल्डोले नेसन्स लिगका तीन खेलमा तीन गोल गरिसकेका छन् । पिटर जिलेन्स्कीले घरेलु टिम पोल्यान्डका लागि खेलको ७८ औं मिनेटमा एक गोल फर्काएका थिए । 

पोर्चुगलले आत्मघाती गोल भने उपहार पाएको थियो । लिग ए को ग्रुप फोरमा सर्बियाले स्विटजरल्यान्डलाई २–० गोल र स्पेनले डेनमार्कलाई १–० गोलले हराएको छ ।

युरोपेली च्याम्पियन स्पेनका लागि मार्टिन जुबिमेन्डीले ७९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । खेल बराबरीतर्फ अग्रसर भएको बेला जुबिमेन्डीले पेनाल्टी एरिया बाहिरबाट गोल गरका हुन् ।