खेलकुद

महिला टी–२० विश्वकपः फाइनल प्रवेशका लागि वेस्ट इण्डिज र न्युजिल्याण्ड खेल्दै

- केएफएम डेस्ककाठमाडौं

आईसीसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज हुने दोस्रो सेमिफाइनलमा वेस्ट इण्डिज र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ ।

संयुक्त अरब इमिरेट्स यूएईकोे शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । यस खेलको विजेताले आगामी आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच, डिफेण्डिङ च्याम्पियन अस्ट्रेलियालाई पराजित गर्दै दक्षिण अफ्रिका महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गएराति भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले ६ पटकको विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै उपाधि यात्रा तय गरेको हो ।

जारी विश्वकपमा दक्षिण अफ्रिका अस्ट्रेलियाविरुद्धका पुराना सबै सात खेलमा पराजित रहेको थियो । जितका लागि अस्ट्रेलियाले दिएको १ सय ३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ ओभर २ बलमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

दक्षिण अफ्रिकाका लागि एनेके बोखले सर्वाधिक ७४ रनको बनाईन् । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो ।