खेलकुद

चेल्सीलाई पन्छाउँदै लिभरपुल फेरि शीर्ष स्थानमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

चेल्सीलाई पन्छाउँदै लिभरपुल फेरि इंग्लिस प्रिमियर लिग फुटबलको फेरि शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलले पाहुना टोली चेल्सीलाई २–१ गोलले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लेको हो । 

मोहमद सलाह र कर्टिस जोन्सको गोलमा लिभरपुल लिगका ११ खेलमध्ये दशमा जित निकाल्न सफल रह्यो । सलाहले खेलको २९ औं मिनेटमा पेनाल्टी मार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

चेल्सीका निकोलस ज्याक्सनले ४८ औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा फर्काएका थिए । लिभरपुलका लागि खेलको ५१ औं मिनेटमा जोन्सले गरेको गोल निर्णायक बन्यो । यो जितपछि शीर्ष स्थानको लिभरपुलको २१ अंक भएको छ । 

लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा एक अंकले अगाडि रह्यो । सिटीको ८ खेलबाट २० अंक भएको छ । पराजित चेल्सी १४ अंकसहित तालिकाको छैठौं स्थानमा रहेको छ ।

लिगको अन्य खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले उल्भ्सलाई २–१ गोलले पराजित गरेको थियो । शीर्ष चारमा रहेका टिममध्ये आर्सनल र एस्टन भिल्लाको समान १७ अंक छ ।