खेलकुद

पूजाको कप्तानीमा यू–१९ महिला टी–२० टोली चयन

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपाल क्रिकेट संघ क्यानले पूजा महतोको कप्तानीमा आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया क्वालिफायरका लागि टोली चयन गरेको छ । 

क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै १४ सदस्यीय नेपाली यू–१९ राष्ट्रिय टोली छनोट गरिएको जानकारी गराएको हो । 

यही नोभेम्बर ४ देखि १४ सम्म संयुक्त अरब इमिरेट्स यूएईमा हुने एसिया क्वालिफायरमा नेपाल सहित यूएई, कुवेत र थाइल्यान्ड प्रतिस्पर्धी छन् । छनोटको शीर्ष स्थानमा रहने टोली यू–१९ ट्वान्टी–२० विश्वकप प्रवेश गर्नेछ ।

सोनी पाख्रिन उपकप्तान रहेको टोलीमा सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिशा यादव (विकेटकिपर), सावित्रा धामी, करिश्मा गुरुङ, मनीष उपाध्याय, रिया शर्मा, सीमाना केसी, स्नेहा महरा, रचना चौधरी र तिर्सना बिक छन् । 

नेपालले सबै टिमसँग २–२ दुई खेल खेल्नेछ । कात्तिक २१ मा थाइल्यान्डसँग पहिलो खेल खेल्ने तालिका छ ।