खेलकुद

नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हरायो

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिजको आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा गएराति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको हो ।

जितका लागि स्कटल्यान्डले दिएको १ सय ५५ रनको लक्ष्य नेपालले २९ दशमलव ५ बलमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । 

कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेख २१ रन बनाएर आउट भए । स्कटल्यान्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनमा समेटिएको थियो । 

स्कटल्यान्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । 

करन केसी, सोमपाल कामी, गुल्सन झाले २-२ विकेट तथा आरिफ शेखले एक विकेट हात पारे । लिग–२ अन्तर्गत सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै, स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।