खेलकुद

इण्डियाविरुद्धको टेस्ट सिरिजमा न्यूजील्याण्डको क्लिन स्वीप

- केएफएम डेस्ककाठमाडौं

इण्डियाविरुद्धको ३ म्याचको टेस्ट सिरिजमा न्यूजील्याण्डले क्लिन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम टेस्टमा आज इण्डियालाई २५ रनले पराजित गर्दै न्यूजील्याण्डले सिरिज क्लिन स्वीप गरेको हो ।

जितका लागि १ सय ४७ रन पछ्याएको इण्डिया १ सय २१ रनमै समेटिएको थियो । सन् २००० यता घरेलु शृंखलामा इण्डिया पहिलोपटक जितविहीन बनेको हो ।

तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि रिसव पन्त बाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् । उनले ६४ रन बनाए । यस्तै दोहोरो अंकमा रन बनाउने क्रममा कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए । न्यूजिल्याण्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि इण्डियाले जवाफमा २ सय ६३ रन बनाएको थियो ।

यूजील्याण्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो । यसअघि भएको पहिलो टेस्टमा न्यूजील्याण्ड ८ विकेटले विजयी हुँदा दोस्रो टेस्टमा १ सय १३ रनले विजयी भएको थियो ।