खेलकुद

मैत्रीपूर्ण सिरिजको तेस्रो खेलमा नेपालद्वारा कर्नाटकको टिम पराजित

- केएफएम डेस्ककाठमाडौं

एसीसी मेन्स यू–१९ एसिया कपको तयारीका लागि कर्नाटक यू–१९ विरुद्ध जारी मैत्रीपूर्ण सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ । 

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले १ सय २१ रनको जित दर्ता गर्दै सिरिजमा २–१ को अग्रता समेत लिएको छ । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ६१ रन जोड्यो । 

कर्नाटकका लागि ओपनर गगन रावले सर्वाधिक ४६ रन जोडे । नेपालका बायाँ हाते स्पिनर नरेन साउदले ४ विकेट लिँदा लेग स्पिनर युवराज खत्रीले ३ विकेट लिए । अपराजित पौडेलले १ विकेट हात पारे ।

त्यसअघि कर्नाटकले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनाएकोे थियो । नेपालका लागि रोशन विकले नटआउट ८१ रनको योगदान गरे । सिरिज अन्तर्गत चौथो खेल पर्सि मंगलबार र अन्तिम खेल आगामी बिहीबार हुनेछ ।