दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको पहिलो जित
- काठमाडौंनेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । पाकिस्तानको लाहोरमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई १ सय ८ रनले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य पछ्याएको अफगानीस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
त्यसअघि अफगानीस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा २ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो ।
नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अद्र्धशतकीय पारी खेले । बडैलाले ९२ रन तथा चौधरीले ७२ रन जोडे । अब नेपालले आफ्नो चौथो खेल भोली दक्षिण अफ्रिकासँग खेल्ने छ ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित थियो । दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन् ।