यू–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई
- काठमाडौंमलेसियामा आगामी शुक्रबारबाट सुरु हुने एसीसी यू–१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघले आज एक कार्यक्रमकाबीच टोलीको विदाई गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले छोटो समयको तयारीका बाबजुद विश्वकपमा छनोट हुनका लागि यो सुरुवातजस्तो भएको र एसिया कप खेल्नु पनि एउटा गौरवको क्षण भएको बताए ।
यू–१९ क्रिकेट पनि क्यानको प्राथमिकतामा रहेको भन्दै खड्काले युवा टोलीको भविष्य पनि नेपालको भविष्यसँग जोडिएका हुन् । एसिया कपमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्ने छ ।
युवा टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय पूर्वखेलाडी शक्ति गौचन रहेका छन् ।