दृष्टिविहिन टी–२० विश्वकप क्रिकेटमा नेपालको दोस्रो जित
- काठमाडौंपाकिस्तानमा जारी दृष्टिविहिन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।
लाहोरमा आज भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।
नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १सय ८७ रन मात्र बनाउन सक्यो ।
उसका लागि बुले भिडलाले अविजित १ सय रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन ।
त्यसअघि दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १सय ९८ रन बनाएको थियो ।
नेपालका लागि नरेश चौघरीले सर्वाधिक ८० रन बनाएका थिए ।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले हिजो भएको तेस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो ।
दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।
अब नेपालले अन्तिम खेल भोली घरेलु टोली पाकिस्तानसँग खेल्ने छ ।