नेपाल र चीनबीच पारस्परिक सहयोग सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
- काठमाडौंनेपाल र चीनबीच व्यापार प्रवर्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।
यसैबीच, प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणका लागि हिजो बेइजिङ पुगेको थियो ।
भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सङ्घीय सांसद्, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी लगायत छन् ।