यू–१९ एसिया कपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा जारी
- काठमाडौंयूएईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भईरहेको छ ।
संयुक्त अरब इमिरेट्स युएईको सारजाहमा आफगानीस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा छ ।
प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली सान्त्वना जितको खोजीमा छन् ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।
अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।
एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् ।
प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट हुँदा, नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका हुन् । सहभागीटोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा नेपालसहित श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् ।
समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।