हङकङविरुद्ध खेल्ने नेपाली यू–१९ टिमको घोषणा
- काठमाडौंनेपाल क्रिकेट संघ क्यानले हङकङ यू–१९ विरुद्ध हुने तीन एकदिवसीय सिरिजका लागि नेपाली टिमको घोषणा गरेको छ । क्यानले एक सूचना प्रकाशित गरी अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको जानकारी दिएको हो ।
तिवारीको कप्तानीमा रहेको टिममा सौजनप्रसाद घिमिरे, निरजकुमार यादव, अफ्रुदिन राइन, सुर्यान्स कोइराला, रोशन विश्वकर्मा, दयानन्द मण्डल, राजेश बोहोरा छन् ।
यस्तै, दीपक सेरेला, सोहेल कुँवर, अप्राजित पौडेल, सिब्रिन श्रेष्ठ, दिलसाद अलि, सन्तोष यादव र नरेन भट्ट पनि टिममा अटाएका छन् । काठमाडौंको मुलपानीस्थित मैदानमा हुने तीन एकदिवसीय सिरिज पुस १ देखि ६ गतेसम्म चल्नेछ ।