खेलकुद

फाल्गुनन्द गोल्डकपमा मच्छिन्द्रले झापा-११ को सामना गर्दै

- रेडियो कान्तिपुर संवाददातापाँचथर

पाँचथरमा जारी फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आज काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले र झापा–११ सँग प्रतिस्पर्धा गर्दैछ । फिदिम बजारस्थित फिदिम माविको मैदानमा खेल दिउँसो २ बजे सुरु हुनेछ । दुबै टोली पहिलो जितको लक्ष्यमा छ । 

हिजो भएको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले भारतको करसाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–५ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो । जिल्लाको सर्वाधिक पुरस्कार राशि रहेको फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । सर्वाधिक गोलकर्तालाई १५ हजार र विभिन्न विधाका उत्कृष्टलाई १० हजारका दरले पुरष्कृत गरिने आयोजक क्लबले जानकारी दिएको छ ।