मच्छिन्द्रले सुनसरीको न्यू स्टार क्लबको सामना गर्ने
- पाँचथरपाँचथरमा जारी फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनलमा काठमाडौंको मच्छिन्द्र फुटबल क्लबले सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ । फिदिम बजारस्थित फिदिम माविको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
ए डिभिजन क्लब मच्छिन्द्र दोस्रो जितको लक्ष्यमा छ । यसअघि आफ्नो पहिलो खेलमा झापा–११ फुटबल क्लबलाई ५–० गोलले पराजित गर्दै मच्छिन्द्रले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
न्यू स्टार भने पहिलो जितको खोजीमा हुनेछ । न्यू स्टार पनि मच्छिन्द्रको चुनौती पन्छ्याउँदै अन्तिम चारमा स्थान सुरक्षित लक्ष्यमा लक्ष्यमा हुनेछ । यसअघि हिजो भएको पहिलो क्वाटरफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।
फिदिम स्पोर्टिङले आर्मीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि टाइबेकरबाट निर्णय लिइएको थियो । फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।