खेलकुद

एन्फा महिला फुटबल लिगः पुलिसलाई हराउँदै एपीएफ शीर्ष स्थानमा

- केएफएम डेस्ककाठमाडौं

अनिता बस्नेतको ह्याट्रिकमा विभागीय टोली नेपाल एपीएफ क्लब नेपाल पुलिसलाई पराजित गर्दै एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा उक्लेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ६–० गोल अन्तरले पराजित ग¥यो ।

 एपीएफको जितमा अनिता बस्नेतले ३, सरु लिम्बूले २ तथा रेनुका नगरकोटेले एक गोल गरिन् । जितसँगै एपीएफ ८ अङ्कसहित शीर्ष स्थानमा पुगेको हो । ३ खेलबाट २ जित र १ बराबरी खेलेको आर्मी दोस्रो स्थानमा र पुलिस तेस्रो स्थानमा छ । 

 आर्मी र पुलिसले बराबरी खेलेका थिए । ५ टोली मध्ये बागमती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिकाले अंक जोड्न सकेका छैनन् । भोली हुने खेलमा वालिङ र बागमतीबीच प्रतिस्पर्धा हुनेछ ।