खेलकुद

एन्फा महिला लिग फुटबलमा एपीएफको लगातार चौथो जित

- केएफएम डेस्क काठमाडौं

एपीएफ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथो जित हात पारेको छ । एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित गरेको हो । 

 एपीएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले एक÷एक गोल गरेका थिए । आर्मीका लागि बिमला थापाले एक गोल गरेकी थिइन् । आजको जितपछि समग्रमा १२ अंक बनाएको एपीएफ शीर्षस्थानमा छ ।

 एपीएफले नेपाल पुलिस क्लबलाई ६–०, वालिङ नगरपालिकालाई ९–० र बागमती युथ क्लबलाई ५–१ ले हराएको थियो । आर्मीको यो पहिलो हार हो । उसले ४ खेलबाट ७ अंक बनाएको छ । यसअघि आर्मीे वालिङ र वागमतीलाई हराउँदा पुलिससँग बराबरीमा रोकिएको थियो ।