स्कटल्याण्डका फुटबलर डेनीस ल को ८४ वर्षमा निधन
- काठमाडौंविश्वप्रसिद्ध फुटबल क्लब म्यनचेष्टर युनाइटेड र म्याचेष्टर सिटीका स्ट्राइकर तथा स्कटल्याण्डका फुटबलर डेनीस ल को निधन भएको छ ।
अल्जाइमर रोगबाट ग्रसित लको ८४ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
११ वर्ष ओल्र्ड ट्राफोडमा व्यतीत गरेका उनले आफ्नो खेल जीवनमा उनले ४ सय ४ खेलबाट २ सय ३७ गोल गरेका छन् । स्कटल्याण्डबाट एक मात्र बालोन डि योर अवार्ड जित्ने ल एक मात्र खेलाडी हुन् ।
लका पारिवारीक सदस्यले उनको निधन भएको जनाउँदै सबैलाई धन्यवाद दिएको छ । ल आवद्ध क्लब म्यानचेष्टर युनाईटेडले समेत उनलाई क्लबको सबैभन्दा महान र सबैभन्दा प्रिय खेलाडीहका रुपमा लिएको उल्लेख गरेको छ ।