खेलकुद

एन्फा महिला लिग फुटबलः फाइनल पुग्न आर्मीले एपीएफसँग खेल्ने

- केएफएम डेस्ककाठमाडौं

त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलको फाइनल प्रवेशका लागि नेपाल एपीएफ क्लबको सामना गर्ने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई ६–१ ले पराजित गर्यो । आर्मीको जितमा चन्द्रा भण्डारीले ह्याट्रिकसहित पाँच गोल गरिन् ।

विमला चौधरीले एक गोल थपिन् । वालिङका लागि मीना देउवाले एक गोल फर्काइन् । यो नजितासँगै आर्मी अन्तिम लिग तालिकाको शीर्ष दुई स्थानमा रहने निश्चित भएको छ । हारसँगै वालिङ प्रतियोगिताबाट बाहिरिएको छ ।

अब इलिमिनेटरमा नेपाल पुलिस क्लबले बागमती युथ क्लबको सामना गर्नेछ । आर्मी सात खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । एपीएफ १४ अंकसहित दोस्रो स्थानमा छ । पुलिस ११ अंकका साथ तेस्रो र बागमती ४ अंकसहित चौंथों स्थानमा छ ।