खेलकुद

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्षस्थानमा

- केएफएम डेस्क

सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन निरज तामाङ दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा ४–अन्डर ६५ को स्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमार रोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन् । २–अन्डर ६७ को स्कोरमा युवराज र भुवन संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् । धन बहादुर थापा र सञ्जय लामाले १–अन्डर ६८ मा पहिलोदिनको खेल सकाए। उनीहरू संयुक्तरुपमा चौथो स्थानमा रहे । रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूले आज इभन–पार ६९ मा खेल सकाए । प्रदीप कुमार लामा र एमेच्योर सुन्दर राईले १–ओभर ७० मा खेल पुरा गर्दै संयुक्तरुपमा आठौं स्थानमा रहेका छन् । 

यस्तै, विष्णु प्रसादशर्मा र एमेच्योर सुरेश तामाङ १०औं स्थानमा रहे। उनीहरुले२–ओभर ७१ खेले। सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल ईस्टर्न ओपनजितेका निरजले पोखरामा पनि सुरूवात राम्रो गरे । उनले बोगी रहित फ्रन्ट नाइन खेले। तेस्रो र चौथो होलमा बर्डीप्रहार गर्दै फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए। यसपछि१५औं होलमा एक सट खेर फालेपनि १०औं, १३औं र १६ औंहोलको बर्डीले ब्याक नाइन २–अन्डर ३३ मा सकाए। धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १–अन्डर ३३ को प्रदर्शन गरे । दोस्रो र तेस्रो होलमा बर्डीको सफलतामा सुरूवात राम्रो गरे। तर, पाँचौं होलमा डबल बोगी खेप्दा सातौंहोलमा बोगीको सामना गरे । त्यसपछि आठौं र नवौं होलमाएक–एक सट बचाए। ब्याक नाइन उनले १–अन्डर ३४ मा सकाए। १३औं देखि १५औं होलसम्म लगातार तीन बर्डीप्रहार गरे तर १०औं र १८औ होलमा एक–एक सट खेर फाले। भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन२–अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे। 

१६औं र १७औं होलको बर्डीले ब्याक नाइन इभन–पार३५ मा पुरा गरे। एमेच्योरतर्फ सुन्दर राई १–ओभर ७० सहित शीर्षस्थानमा रहेका छन् । उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे।सुरेशले पहिलो दिन २–ओभर ७१ स्कोर गरे। ५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ । विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः१ लाख र ७२ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्ने छन्। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित र सूर्यनेपाल प्रा.लि. द्वारा प्रायोजित प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ । शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।