खेलकुद

डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडको सुधारिएको प्रदर्शन

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

साविक विजेता रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग फुटबलमा आरबी साल्सबर्गलाई पराजित गरेको छ । सान्टियागो बर्नाबेउमा गएराति भएको खेलमा रियल म्याड्रिडले पाहुना टोली साल्सबर्गलाई ५–१ गोलले पराजित गर्दै आफ्नो स्थिति सुधारेको हो । 

म्याड्रिडको जितमा रोड्रिगो र भिनिसियस जुनियरले समान २–२ गोल गरे । केलियन एमबाप्पेको नाममा एक गोल रह्यो । खेलको ८५ औं मिनेटमा म्याड्स बिडस्ट्रपले साल्जबर्गका लागि एक गोल फर्काए पनि त्यसले खेलको नतिजामा कुनै प्रभाव पार्न सकेन । 

रियलले ७ खेलमा ४ जित हात पारेको छ । यो जितसँगै म्याड्रिड सात खेलबाट १२ अंकसहित तालिकाको १६ औं स्थानमा रहेको छ । प्रतियोगितामा खराब सुरुआत लिएको म्याड्रिड अहिले जितको बाटोमा फर्केका हो । 

यस जितले रियलको शीर्ष आठमा पुग्ने सम्भावना न्यून भए पनि अन्तिम–१६ मा स्थान सुरक्षित गर्ने झिनो आशा जीवित छ । समान ७ खेलमा मात्र ३ अंक जोडेको साल्जबर्ग पुछारबाट तेस्रो स्थानमा रहेको छ ।