प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटःसुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो उपाधि
- काठमाडौं
धनगढीमा आयोजित प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।
फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित सहित एपीएफले प्रतियोगितामा अपराजित रहँदै सातौँ पटक उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम प्रदेशले दिएको ६८ रनको लक्ष्य एपीएफले १२ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । एपीएफको जितमा ममता चौधरीले ४३ र ईन्दु बर्माले नट आउट १८ रन बनाइन् । ४३ बलको सामना गरेकी ममताले ५ चौका प्राहार गरिन् भने २० बलको समाना गरेकी ईन्दुले २ चौका प्रहार गर्दै टोलीलाई जित दिलाएकी हुनु ।
त्यसघि सुदूरपश्चिमले १८ दशमलव १ ओभरमा अल आउट हुँदै ६७ रन बनाएको थियो । एपीएफका लागि विन्दु रावलले १७ रन बनाइन् भने मनिसा बोहोराले नट आउट रहँदै सर्वाधिक १८ रन बनाइन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि कविता जोशीले ३, ईन्दु बर्मा र सबनम राइले समान २–२ विकेट लिए ।
विजेता बनेको एपीएफले उपाधिसँगै पाँच लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम प्रदेशले तीन लाख रुपैयाँ प्राप्त गरेको छ । यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय सहित ९ टोलीे सहभागि थिए ।