खेलकुद

राष्ट्रिय पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाई

- केएफएम डेस्ककाठमाडौं

नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय पुरुष टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईलाई बिदाई गरेको छ ।



 क्यानले सामाजिक सञ्जालमार्फत मोन्टीलाई धन्यवाद दिँदै बिदाई गरिएको जनाएको हो । क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको प्रेस विज्ञप्तिमा मोन्टीको सम्झौता नवीकरण नगर्ने निर्णयसँगै विदाई गरिएको उल्लेख छ ।

मोन्टी देशाइले दुई वर्षअघि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमले गरेको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उनलाई धन्यवाद समेत दिएको छ ।