बुढासुब्बा गोल्डकपः भुटानको आरटीसी क्लब सेमिफाइनल प्रवेश
- धरानभुटानको आरटीसी फुटबल क्लब २५ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनलमा इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै भुटानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा १–० ले पछी परेको इटहरीमाथी दोस्रो हाफमा आरटीसी हाबी भएको थियो ।
आरटीसीले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडँग पर्सी बुधबार फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ । २६ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।