खेलकुद

बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनल समिकरण पूरा

- अर्जुन सुवेदीसुनसरी

सुनसरीमा जारी २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा साबिक बिजेता न्युरोड टिम एनआरटीले झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

धरान रंगशालामा भएको खेलमा एनआरटीको जितमा शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गी समान एक÷एक गोल गरे ।

 काँकडभिट्टाका रोबर्ट कोङ जोउले एक गोल फर्काए ।

एनआरटीले अब सेमिफाइनलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब युके एफसीसँग खेल्नेछ ।

त्यसअघि भोली हुने पहिलो सेमिफाइनलमा भुटानको आरटीसी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड बिच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल आगामी शनिबार हुनेछ । 

आठ टोली सहभागि गोल्डकपको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।