आहा–रारा पोखरा गोल्डकप फुटबलमा पुलिसको विजयी सुरुवात
- काठमाडौंविभागीय टोली नेपाल पुलिस क्लबले आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आजबाट सुरु २४ औं संस्करणको उद्घाटन खेलमा पुलिसले आयोजक पोखराको सहारा क्लबलाई १–० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।
पुलिसको जितमा खेलको पहिलो हाफमा उज्वल राईले गरेको गोल निर्णायक बन्यो ।
उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए । आयोजक टिमले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आगामी फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक क्लबसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् ।
यस्तै, समूह ‘बी’ मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।