खेलकुद

महिला टी–२० त्रिकोणात्मक सिरिजः नेदरल्याण्ड्ससँग नेपाल १० विकेटले पराजित

- केएफएम डेस्ककाठमाडौं

त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको आफ्नो पाँचौँ खेलमा समेत नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेर अघि सकिएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । टस जितेर सुरुवाती ब्याटिङ गर्दै नेपालले दिएको १ सय ४६ रनको लक्ष्य डच टोलीले १९ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेदरल्याण्ड्सका लागि ओपनर स्टयर कालिसले ९८ तथा फेर मोलकेनरबरले ४८ रन बनाइन् । आजको जितसँगै नेदरल्याण्ड्सले नेपालविरुद्धको तीन वटै खेल जितेको छ । त्यसअघि नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

नेपालका लागि पूजा महतोले अर्धशतकिय इनिङ्स खेलिन् । उनले ५१ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ६२ रन जोडिन् । सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अन्तिम पर्सि शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।