खेलकुद

त्रिकोणात्मक महिला टी–२० आईको उपाधि थाइल्याण्डलाई

- केएफएम डेस्ककाठमाडौं

काठमाडौमा आयोजित त्रिकोणात्मक महिला टी–२० क्रिकेट सिरिजको उपाधि थाइल्याण्डले जितेको छ ।



 सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपाललाई ७ विकेटले पराजित गरेसँगै थाइल्याण्डले सिरिज जितेको हो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ औं ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो ।



त्यसअघि टस जितेर ब्याटिङ सुरु गरेको नेपालका लागि सम्झना खड्काले १७, कबिता जोशीले १४, राजमति ऐरीले ११ र इन्दु बर्माले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सिरिजका ६ मध्ये ५ खेलमा जितसहित तालिकाको शीर्ष स्थानमा रहँदै थाइल्याण्डले उपाधि उचालेको हो । ४ खेल जितेको नेदरल्याण्ड्स उपविजेता बन्यो । घरेलु टोली नेपाल भने जितविहीन हुँदै तेस्रो स्थानमा सीमित भयो ।