बुढासुब्बा गोल्डकपको उपाधि न्यूरोड टीमलाई
- काठमाडौंसुनसरीमा आयोजित २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको न्यूरोड टीम एनआटीले जितेको छ ।
धरान रंगशालामा भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यूरोडले उपाधि कब्जा गरेको हो । यसअघि भएको संस्करणमा समेत न्यूरोडले उपाधि जितेको थियो ।
२२ औं मिनेटमा चर्च ब्वाईजका लागि अनन्त तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । तर, त्यसको ४ मिनेट पछि २६ औं मिनेटमा हेनरी पोकोले एनआरटीका लागि बराबरी गरेका हुन् ।
एनआरटीका लागि ५७ औं मिनेटमा पुनः पोकोले दोस्रो गोल गर्दै टोलीलाई उपाधि दिलाएका हुन् । गोल्डकप विजेत बनेको न्यूरोड टीमले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको चर्च ब्वाइजले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।