खेलकुद

क्रिस्टल प्यालेस एफए कपको पाँचौं चरणमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

क्रिस्टल प्यालेसले एफए कप फुटबल प्रतियोगितामा डोनकास्टर रोभर्समाथि सहज जित निकालेको छ । इको–पावर स्टेडियममा गएराति भएको चौंथो चरणको खेलमा क्रिस्टल प्यालेसले घरेलु टोली रोभर्सलाई २–० गोलले पराजित गरेको हो । 

प्यालेसले खेलको ३१ औं मिनेटमा ड्यानियल मुनोजको गोलबाट अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जस्टिन डेभेनीले गरेको दोस्रो गोल प्यालेसको जितका लागि पर्याप्त बन्यो । 

यो जितसँगै क्रिस्टल प्यालेस एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । घरेलु टोली रोभर्स गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।