इटहरी गोल्डकपमा एनआरटी र सगरमाथा भिड्ने
- सुनसरीइटहरी गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल आज हुँदैछ । न्यूरोड टीम एनआरटी र मोरङको सगरमाथा युथ क्लबबीचको दोस्रो क्वाटरफाइनल खेल इटहरी रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।
बुढासुब्बा गोल्डकपकको च्याम्पियन एनआरटी अन्तिम चारमा स्थान बनाउने लक्ष्यमा छ । दुई पटकको च्याम्पियन सगरमाथा युथ क्लब पनि एनआरटीको चुनौती पन्छ्याउँदै सेमिफाइनमा पुग्ने योजनामा हुनेछ ।
यसअघि हिजो भएको खेलमा आयोजक राष्ट्रिय जागृति क्लब पराजित भएको छ । उद्घाटन खेलमा पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) ले आयोजक क्लबलाई २–१ ले गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
गोल्डकपमा एक विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय जागृति क्लबका संयोजक अनुरोध थापाले बताउनुभयो ।
सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट हुनेले २० हजार र हरेक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।