खेलकुद

इटहरी गोल्डकपः एनआरटीलाई हराउँदै सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश

- अर्जुन सुवेदीकाठमाडौं

न्युरोड टिम एनआरटीलाई पराजित गर्दै सगरमाथा युथ क्लब १५ औँ संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 इटहरी रंगशालामा दोस्रो क्वाटरफाइनलमा सगरमाथा क्लवले बुढासुब्बा गोल्डकप च्याम्पियन एनआरटीमाथी १–० को जित हात पा¥यो । सगरमाथा क्लवको जीतमा बिदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । एनआरटीको रक्षापंक्तिको कमजोरीमा फाइदा उठाउदै उनले खेलको छैटौं मिनेटमा गोल गरेका हुन् ।

 सगरमाथा क्लवले चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबबीचको अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा आगामी विहिबार खेल्नेछ । भोलि तेस्रो क्वाटरफाइनलमा काठमाडौंको मछिन्द्र फुटबल क्लब र झापा ११ फुटबल क्लबबिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।