खेलकुद

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलमा

- अर्जुन सुबेदीसुनसरी

मच्छिन्द्र फुटबल क्लब १५ औँ संस्करणको इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी रंगशालामा सोमबार भएको खेलमा झापा–११ फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै ए डिभिजन क्लब मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । 

मच्छिन्द्रको जितमा विदेशी खेलाडी मल्लिक बामिदेले युसुफले निर्णायक गोल गरे । उनले खेलको ३१ औं मिनेटमा गरेल गरेका थिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । 

अब मच्छिन्द्रले सेमिफाइनलमा यूके एफसीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । मंगलबारको अन्तिम क्वाटरफाइनलमा साविक विजेता चर्च ब्वाइज युनाइटेडले धरान फुटबल क्लबको सामना गर्नेछ । 

फागुन १० गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।