खेलकुद

नेपालले आफ्नो तेस्रो खेलमा म्यानमारको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आफ्नो तेस्रो खेलमा म्यानमारको सामना गर्दैछ । नेपाल र म्यानमारबीचको लिग चरणको अन्तिम खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । 

आजको खेलपछि लिगको शीर्ष स्थानमा रहने टिमको टुंगो लाग्नेछ । च्याम्पियनसिपमा नेपाल र म्यानमार दुवै टोलीले अपराजित रहँदै फाइनलमा पनि स्थान सुरक्षित गरिसकेको छ । नेपालले यसअघि कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । 

म्यानमार पनि लिग चरणमा लेबनान र कीर्गिस्तानलाई हराउँदै उपाधि नजिक पुगेको हो । प्रतियोगितामा सहभागी चार मध्ये म्यानमार सबैभन्दा बलियो टिम हो । फिफा वरीयतामा पनि म्यानमार ५५ र नेपाल १ सय ३ औँ स्थानमा छ । 

नेपालले म्यानमारलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । दुई खेलबाट ६ अक जोडेको म्यानमार पहिलो र समान अंकका साथ घरेलु टोली नेपाल नेपाल दोस्रो स्थानमा रहेको छ ।

त्यसअघि आजै लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालमै हुने पहिलो खेल दिउँसो २ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा पराजित भएका लेबनान र कीर्गिस्तान पहिलो जितको खोजीमा हुनेछ ।