च्याम्पियन्स ट्रफिमा पाकिस्तानद्वारा इन्डियाविरुद्ध २ सय ४२ रनको लक्ष्य पेश
- काठमाडौंच्याम्पियन्स ट्रफिमा अहिले इण्डिया र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । दुर्बइमा भइरहेको खेलमा पाकिस्तानले इन्डियाविरुद्ध २ सय ४२ रनको लक्ष्य पेश गरेको छ ।
टस जितेर सुरुवाती ब्याटिङ गरेको पाकिस्तानले ४९ दशमलव ४ ओभरमा अल आउट हुँदै २ सय ४१ रनको योगफल बनाएको हो । उसका लागि साउद सकिलले ६२, मोहम्मद रिजवानले ४६ , कुशदिल शाहले ३८ र बाबर आजमले २३ रन बनाउनु बाहेक अन्यले दोहोरो सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा इन्डियाका लागि कुलदिप यादवले ३, हार्दिक पाण्डेले २ तथा रविन्द्र जडेजा, अक्षर पटेल र हर्षित रानाले समान १–१ विकेट लिए ।
एसिया क्षेत्रका किक्रेटका शक्ति राष्ट्र इन्डिया र पाकिस्तानबीचको खेल प्रतिष्ठाको लडाईँ समेत हुँदै आइएको छ । इन्डियन टोलीलले सुरक्षाको कारण देखाउँदै पाकिस्तानको भ्रमण नगर्ने निर्णय गरेसँगै सो खेल दुबईमा सारिएको हो । इन्डियन टोलीलले दुबईमा नै प्रतियोगिताका सम्पूर्ण खेलहरु खेल्नेछ । यस अघि भएका खेलमा इन्डियाले बंगलादेशलाई पराजित गरिसकेको छ भने पाकिस्तानले पनि न्यूजील्याण्ड सँग ६० रनको पराजय व्यहोरेको थियो ।