फोर नेसन्स कपः लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच २–२ गोलको बराबरी
- काठमाडौंकाठमाडौंमा जारी फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका छन् । त्रपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले पहिलो हाफमा २–२ गोल गरेका ह्ुन् । खेलको छैटौं मिनेटमा म्यानमारले पहिलो गोल गर्दै अग्रता लिएको थिायो ।
त्यस लगत्तै नेपालले ११ औं मिनेटमा सबिता रानामगरको गोलबाट अग्रता बराबरी बनायो । म्यानमारले पुन १७ औं मिनेटमा गोल गर्दै आग्रता २–१ बनाए पनि ४१ औं मिनेटमा सवित्रा भण्डारीको गोल मार्फत नेपालले म्यानमारसँग बराबरी गरेको हो । दोस्रो हाफमा भने दुबै टोलीले गोल गर्न सकेनन् ।
च्याम्पियनसिपमा नेपाल र म्यानमार दुवै टोलीले अपराजित रहँदै फाइनलमा समेत स्थान सुरक्षित गरिसकेका छन् । नेपालले यसअघि कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । म्यानमार पनि लिग चरणमा लेबनान र कीर्गिस्तानलाई हराउँदै उपाधि नजिक पुगेको हो । यसैबीच, समूह चरणको अर्को खेलमा लेबनानले किर्गिस्तानलाई २–० ले पराजित गर्दै सान्त्वना जित हात पारेको छ ।