खेलकुद

भद्रपुर झापा गोल्डकपः उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा ११ खेल्ने

- केएफएम डेस्ककाठमाडौं

भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक टोली भद्रपुर ब्लेजर्स र झापा ११ बीच प्रतिस्पर्धा हुने भएको छ । पाहुना टोली भुटानको डागा युनाइटेड फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा ११ ले उपाधि यात्रा तय गरेको छ । 

भद्रपुरस्थित मेची रंगशालामा गोलरहित बराबरीमा पहिलो हाफ सकिएपनि दोस्रो हाफको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गर्दै झापा ११े उपाधि नजिक पुगेको हो । झापाले ५५ औं मिनेटमा एरोन थापाले गरेको गोलबाट अग्रता लिएको थियो । यस्तै अतिरिक्त समयको दोस्रो मिनेटमा रोहन कार्की र चौथो मिनेटमा हरिबहादुर आले मगरे गोल गर्दै टोलीलाई उपाधि नजिक पुर्याएका हुन् । त्यसअघि पाहुना टोली डागा युनाइटेडका सुरज रसाईलीले ८३ औं मिनेटमा गोल गर्दै झापाको अग्रता बराबरी बनाए थिए । 

पहिलो सेमिफाइनलमा बंगलादेशको टोली काउर्न बाजार प्रगति संघलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरिसकेको छ । उपाधिका लागि पर्सी शुक्रबार प्रतिस्पर्धा हुनेछ ।