खेलकुद

भद्रपुर झापा गोल्डकपको उपाधि आयोजक ब्लेजर्सलाई

- केएफएम डेस्क

आयोजक भद्रपुर ब्लेजर्सले झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मेची रंगशालामा आज भएको फाइनल खेलमा झापा–११ लाई २–० गोलले हराउँदै आयोजक ब्लेजर्स च्याम्पियन बनेको हो । 

ब्लेजर्सको जितमा आशिष चापागाँई र सत्यम शर्माले एक÷एक गोल गरे । जितसँगै ब्लेजर्सले उपाधिसँगै १३ लाख तथा उपविजेता झापा ११ ले ७ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितमा तीन विदेशीसहित १० टोली सहभागी थिए ।