जर्मन बुन्डेस लिगामा स्टुगार्ट पराजित
- काठमाडौंबायर्न म्युनिकले जर्मन बुन्डेस लिगा फुटबलमा स्टुगार्टलाई पराजित गरेको छ । मर्सिडिझ–बेन्झ एरिनामा स्टेडियममा भएको पछिल्लो खेलमा बायर्न म्युनिकले घरेलु टोली स्टुगार्टलाई ३–१ गोल अन्तरले हराएको हो ।
एक गोलले पछाडि रहेको बायर्नले पुनरागमन जित निकालेपछि उपाधि यात्रा अझ सजिलो बनेको छ । स्टुटगार्टले खेलको ३४ औं मिनेटमा एन्गेलो स्टिलरको गोल मार्फत अग्रता लिएको थियो ।
त्यसपछि बायर्नका लागि मिचेल ओलिस, लियो गोनेटज्का र किङ्सली कोमनले गोल फर्काए । यो जितपछि शीर्ष स्थानको बायर्नको २४ खेलबाट ६१ अंक भएको छ । बायर्नले तालिकामा ११ अंकको अग्रता बनाएको छ ।
एक खेल कम खेलेको बायर्न लेभरकुजन ५० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । बुन्डेस लिगाको आज हुने अर्को खेलमा लेभरकुजनले फ्रायन्कफर्टको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति सवा ११ बजे हुनेछ ।