खेलकुद

एट्लेटिको स्पेनिस ला लिगाको शीर्ष स्थानमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा एट्लेटिको म्याड्रिडले एथ्लेटिक क्लबविरुद्ध १–० को जित हात पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

एट्लेटिको म्याड्रिडको जितमा जुलियन आल्भारेजले गरेको गोल निर्णायक बन्यो । आल्भारेजले खेलको ६६ औं मिनेटमा मार्कोस योरेन्तेले दिएको पासलाई गोलमा परिणत गरेका थिए । 

एथ्लेटिक क्लबले बराबरी गोल गर्ने राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन । शीर्ष स्थानको एट्लेटिकोले २६ खेलमा १६ जितसहित ५६ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोना ५४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । 

समान ५४ अंक सहित रियल म्याड्रिड तेस्रो स्थानमा रहेको छ । बार्सिलोनाले आज राति रियल सोसिडाडविरुद्ध खेल्दै छ । कुल २६ खेलबाट ४८ अंकसहित एथ्लेटिक क्लब चौथो स्थानमा छ ।