खेलकुद

नटिङ्घम फरेस्ट एफए कपको क्वार्टरफाइनलमा

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

इप्सविच टाउनलाई पराजित गर्दै नटिङ्घम फरेस्ट एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

सिटी ग्राउण्ड स्टेडियममा गएराति भएको खेलमा इप्सविचमाथि पेनाल्टी सुटआउटमा जित हासिल गर्दै नटिङ्घम फरेस्टले क्वार्टरफाइनल यात्रा तय गरेको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो ।

खेलको ५३ औं मिनेटमा स्ट्राइकर जर्ज हस्र्टको गोल मार्फत इप्सविचले अग्रता लिएको लिएको थियो । घरेलु टोलीका लागि रायन येट्सले खेलको ६८ औं मिनेटमा बराबरी गोल फर्काए । 

निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । पेनाल्टी सुटआउटमा घरेलु टोली फरेस्टले इप्सविचमाथि ५–४ गोलको जित निकालेको हो । फरेस्टको जितमा गोलकिपर माट्ज सेल्स नायक बने । उनले ज्याक टेलरको प्रहारलाई रोकेका थिए ।