खेलकुद

सुनगाभा सैनामैना गोल्डकपमा एपीएफ र अभिषेक चर्च रजहर भिड्ने

- सन्जु पौडेलतिलोत्तमा

सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा बुधबार विभागीय टोली एपीएफ क्लबले नवलपुरको अभिषेक चर्च रजहरसँग प्रतिस्पर्धा गर्ने भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित मैदानमा हुने खेलमा एपीएफ र अभिषेक चर्च रजहर आमनेसामने हुनेछन् । 

यसअघि मंगलबार भएको खेलमा फर्साटिकर क्लबले विजयी हासिल गरेको छ । फर्साटिकारले नेपाल पुलिसलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सैनामैना फुटबल रंगशालमा जारी गोल्डकपको पहिलो हाफमा गणेश हमालको गोलबाट फर्साटिकरले अग्रता लिएको थियो । 

दोस्रो हाफमा हमालले नै अर्को गोल गरेर टिमलाई जित दिलाए । फर्साटिकरलाई पछ्याउँदै अघि बढेको पुलिसका लागि कुनै खेलाडीले पनि गोल गर्न नसक्दा खेल फर्साटिकरको पोल्टामा पुग्यो । 

फर्साटिकर क्लबका गणेश हमाल खेलको म्यान अफ द म्याद घोषित भए । प्रतियोगितामा ए डिभिजन, नेपाल पुलिस सहित १० टोलीको सहभागीता रहेको छ ।