वुमन्स डे कप टी–२० क्रिकेट खेल्न नेपाली टोली युगान्डा प्रस्थान
- काठमाडौंवुमन्स डे कप टी–२० क्रिकेट प्रतियोगितामा भाग लिग नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डा प्रस्थान गरेको छ ।
१४ खेलाडी सहित १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । यहि फागुन २४ देखि चत ३ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित आयोजक युगान्डा, नामिबिया र हङकङको सहभागीता रहनेछ ।
डबल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनल पुग्ने छन् । नेपालले आफ्नो पहिलो खेल आगामी शनिबार नामिबियासँग खेल्नेछ । यसैबीच क्यानले आजै एक कार्यक्रमकाबीच टोलीको विदाई गरेको थियो ।