खेलकुद

नेपालले आज हङकङको सामना गर्दै

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

नेपालले युगान्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप टी–२० क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा आज हङकङको सामना गर्ने भएको छ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ । 

नेपाल आज दोस्रो जितको लक्ष्यमा हुनेछ । यसअघि हिजो भएको खेलमा घरेलु टोली युगान्डालाई पराजित गर्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले लगातार नौ खेलको हारको शृंखला टुंग्याएको हो । 

नेपालले घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक विजय हात पारेको हो । शनिबार यसै प्रतियोगिताको पहिलो खेलमा नेपाललाई नामिबियाले ४ विकेटले हराएको थियो ।

प्रतियोगिता अन्तर्गत आजै हुने दोस्रो खेलमा युगान्डा र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । घरेलु टोली युगाण्डाले आफ्नो पहिलो खेलमा हङकङलाई हराएको थियो । 

हालसम्म सबै टोलीले २ खेलबाट २–२ अंक जोडेका छन् । आईसीसीको महिला टी–२० आई वरियतामा नेपाल २१ औं, हङकङ २२ औं, युगाण्डा १८ औं र नामिबिया १७ औं स्थानमा छन् ।