खेलकुद

विराट गोल्डकपको फाइनल पुग्न चर्च ब्वाइज र पुलिस भिड्दै

- रेडियो कान्तिपुर संवाददाताविराटनगर

रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुने भएको छ । दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले ए डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । 

विराटनगरस्थित सहिद रंगशालामा हुने चर्च ब्वाइज र पुलिसबीचको खेल साँझ साढे ६ बजे सुरु हुनेछ । चर्च ब्वाइजले एनआरटी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले भने अर्को विभागीय क्लब एपीएफलाई हराउँदै विराट गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आजको खेलको विजेताले उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि थ्रीस्टारले विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेको हो ।

हिजो साँझ भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारले त्रिभुवन आर्मीलाई ३–२ गोल अन्तरले हराएको थियो । फाइनल खेल पर्सि बुधबार हुनेछ ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई गरी १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।