खेलकुद

वुमेन्स डे टी–२० मा नेपाल नामिबियासँग २३ रनले पराजित

- केएफएम डेस्ककाठमाडौं

वुमन्स डे टी–२० अन्र्तराष्ट्रिय सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ । सिरिजमा नेपालको यो तेस्रो हार हो । जितका लागि १ सय २६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो । नेपालको लागि साना प्रविणले ३१ रन बनाइन् । 

कविता जोशीले १७ तथा कप्तान इन्दु बर्मा र पूजा महतोले समान १५–१५ रन बनाए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो ।

 सिरिजमा नेपालको नामिबियासँग यो दोस्रो हार हो । अघिल्ला खेलमा हङकङसँग २ रनले पराजित हुँदा नेपालले युगान्डालाई भने हराएको थियो । अब नेपालले भोलि हङकङसँग खेल्नेछ ।